बोइङको ७३७ म्याक्सले ब्राजिलमा उडान अनुमति पायाे – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

बोइङको ७३७ म्याक्सले ब्राजिलमा उडान अनुमति पायाे

नयाँ विकल्प

एजेन्सी,

रियो दी जेनेरो – बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ ।

बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो । ब्राजिलको सस्तो विमान सेवा गोलले संचालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो ।

तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ । सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरु नउडाउने घोषणा गरेको थियो ।

इन्डोनेसिया र इथियोपियामा भएका दुई वटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स बिमानहरु थन्किएका थिए ।

यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले संचालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो । गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान संचालन गर्न सक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरु फुकुवा गरेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ मंसिर २५, १५: ४८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ मंसिर २५, १५: ४८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ मंसिर २५, १५: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...