
नयाँ विकल्प,
काठमाडाैं-लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो ।
समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु गाउँबस्ती आसपासका जङ्गलमा बासस्थान लिन थालेको र यही समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा विशेष गस्ती गर्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।
रसुवा, नुवाकोट तथा सिन्धुुपाल्चोक जिल्लाको उच्चभागका एक हजार ७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र करिब ४६ प्रजातिका स्तनधारी जनावर रहेको बताइएको छ । तीमध्ये अधिकांश जनावरले चिसो छल्न बेँसी झर्ने र वसन्त ऋतुको आगमनपछि यथास्थानमा फर्कने गरेको वन प्राविधिकहरुको भनाइ छ । सुरक्षाका लागि यहाँ नेपाली सेना कालीजङ गण कार्यरत रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज क्षेत्रको वन, वनस्पति, वन्यजन्तु र समग्र जैविक विविधता संरक्षणका लागि तीनवटै जिल्लाको आफ्ना आधार इलाकामा दर्जनाैं सुरक्षा पोष्ट स्थापना गरी सुरक्षा अङ्ग र निकुञ्ज प्राविधिकको संयुक्त गस्ती टोलीले वन जङ्गलको अनुगमन गरिरहेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए
भालु, बँदेल, चरीबाघ, हिउँ चितुवा, ब्वाँसो, आस्मिज, बाँदर, कस्तुरी मृग, स्याल, रातोहाब्रे जस्ता विविध जनावर निकुञ्ज क्षेत्रमा रहेका छन् । कालो भालु तथा बँदेलले आफ्नो रैथाने बासस्थान छोडृर जाडोयामभर आहाराको खोजीमा मानवबस्तीको आसपाससम्म पुग्न सक्ने बताउँदै वन्यजन्तुविद् डा मुकेश चालिसेले यस्ता जनावरबाट हुनसक्ने मानव आक्रमणप्रति सावधानी अपनाउन जरुरी रहेको जानकारी दिए ।
जाडोयाममा मानवबस्तीका आसपासमा पुगेका भालुले गत आर्थिक वर्षमा नौ जनालाई आक्रमण गरेको थियो । यस्ता जोखिम न्यूनीकरणका लागि जङ्गलमा चौपाया चराउँदा वा खेतबारीमा काम गर्दा, बिहानबेलुका हिँडडुल गर्नुपर्दा साथीको साहरा लिन आग्रह गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
त्यस्तै पक्षीतर्फ निकुञ्जमा २५० भन्दा बढी चराचुरुङ्गी रहेका छन् । चिसोयाममा केही प्रजातीका चरासमेत घुमन्ते फिरन्ते हिसाबले बेँसीतर्फ झर्ने गरेको वन प्राविधिकको भनाइ छ । समग्रमा जैविक विविधता संरक्षण गर्ने आम नागरिकको साझा दायित्व भएकाले वन्यजन्तु चोरी शिकार रोक्नका लागि सहयोग गरिदिन निकुञ्ज प्रशासनले सबैमा आग्रह गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...