
नयाँ विकल्प,
काठमाडौं – नेपाली महिला मुक्तिको आन्दोलनकी अग्रणी नेतृ स्वर्गीय मंगलादेवी सिंहको ९६ औं जन्म जयन्तिको अवसरमा बिहीबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइयो । यसै सन्दर्भमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
संघको काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका सभापति सबुज (कृष्ण) वानियाँले जटिल परिस्थितिमा महिला मुक्ति आन्दोलनको अग्रहणी नेतृको अथक प्रयासबाट नै नेपालमा महिलाहरुले राजनीतिमा भाग लिन पाएको बताए ।
सभापति बानियाँले नेपालमा अब राजनीतिमा योगदान दिने महिलाहरुलाई अगाडि ल्याउने बेला आएको बताए । उनले स्वर्गीय मंगलादेवी सिंहले राजनीतिमा गरेको योगदानको नेपालको राजनीतिमा सँधै उच्च कदर हुने बताए ।

महिला संघ काठमाडौंकी सभापति विष्णुदेवी पुडासैनीले स्वर्गीय मंगलादेवी सिंहको अथक प्रयासबाटै हामी महिलाले राजनीतिमा प्रवेश गर्ने अवसर पाएकोले स्वर्गीय सिंह जस्तै त्यागी हुन महिला नेतृहरुलाई आव्हान गरिन् ।
एक सय ४ वर्षे जहानियाँ राणा शासनको अन्त्यका लागि भएको राजनीतिक आन्दोलनमा नेपाल महिला संघको स्थापना गरेर महिलामा राजनीतिक, सामाजिक र बैचारिक चेतान जगाउनमा ऐतिहासिक योगदान मंगलादेवी सिंहको रहेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...