राज्य व्यवस्था समितिको निर्देशन विपरित पोखरेललाई एआईजीमा बढुवा – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

राज्य व्यवस्था समितिको निर्देशन विपरित पोखरेललाई एआईजीमा बढुवा


नयाँ बिकल्प,
काठमाडौं – सरकारले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन विपरित नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । डीआईजी पोखरेल हाल महानगरिय प्रहरी आयुक्तको जिम्मेवारीमा थिए ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा भने एआईजी हरिबहादुर पाललाई सरुवा गरिएको छ । एआईजी पाल यसअघि कार्य तथा अपराध अनुसन्धान विभागमा कार्यरत थिए । महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी कायम गरिएपछि पालले पहिलो जिम्मेवारी सम्हाल्ने भएका छन् ।
बढुवा समितिको सिफारिसमा मंसिर १५ गते नै प्रहरीमा एक एआईजी पद थप गर्ने भनिएको थियो । त्यस्तो प्रस्ताव गृह मन्त्रालयबाट नगइ सिधै मन्त्रीपरिषदले गरेको भन्दै सर्बत्र आलोचना भएको थियो ।
असन्तुष्ट प्रहरी अधिकृतले प्रहरी संगठनको ओएनएम विपरित एआईजीको दरबन्दी थप गरिएको भन्दै उजुरी दिएपछि त्यसको बारेमा अध्ययन गरी संसदीय समितिले एआईजीको दरबन्दी थप नगर्न गृहमन्त्री र सचिवलाई निर्देशन दिएको थियो ।
राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिवलाई समितिको बैठकले एआइजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएको थियो । तर संसदीय समितिको निर्देशन उल्लंघन गर्दै मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रहरी महानिरिक्षक शैलैश थापा क्षेत्रीका कतिपय व्याचीहरु अहिले पनि डीआइजी र एआइजीमा छन् । तर आफ्ना व्याचभन्दा कनिष्ठ पोखरेललाई एआईजीमा बढुवा गरेपछि प्रहरी अधिकृतहरुमा चरम असन्तुष्टि बढेको छ । संसदलाई छलेर पोखरेललाई बढुवा गर्न लागेपछि महानिरिक्षक क्षेत्रीका व्याचीहरु आफूहरुलाई अपमान गरिएको भन्दै गुनासो गरेको स्रोतले जनायो ।
गृहमन्त्री थापालाई बाईपास गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको निगाहमा डीआईजी विश्वराज पोखरेललाई आगामी डेड वर्षपछि बिना प्रतिष्पर्धा प्रहरी प्रमुख बनाउने योजना बमोजिम मन्त्रिपरिषदबाट निर्णय गराइएको भन्दै सर्बत्र आलोचना र टिप्पणी भएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ मंसिर २५, २२: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ मंसिर २५, २२: १०

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ मंसिर २५, २२: १०

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...