भरतपुर महानगरपालिका प्रमुख रेनुले भनिन– धार्मिक र सांस्कृतिक जगेर्ना प्राथमिकतामा – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

भरतपुर महानगरपालिका प्रमुख रेनुले भनिन– धार्मिक र सांस्कृतिक जगेर्ना प्राथमिकतामा

नयाँ विकल्प

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताएकी छन् ।

भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्ज मा रहेको ङाग्युर शेराब लिङ्ग गुम्बा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि दाहालले धार्मिक एवं सास्कृतिक जगेर्ना र बिकासका लागि निरन्तर सहयोग गरिरहेको बताइन् ।

‘लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त गरेको भन्दै सबै धर्म संस्कृति र समुदायको संरक्षण र सवद्र्धन गर्न राज्यको पूर्ण दायित्व हो’ प्रमुख दाहालले भनिन्, ‘सोही मर्मलाइ मनन गर्दै यस गुम्बामा पनि महानगरपालिकाकै सक्रियतामा पूनर्निर्माणको काम भएको हो ।


उनले महानगरबाटै पुनर्निमाण विभागलाई सिफारिसका आधारमा बजेट ल्याउन सम्भव भएको बताइन् । प्रमुख दाहालले महानगरपालिकाको तर्फबाट पनि आउँदा दिनमा सहयोग हुँदै जाने बताइन् ।

भरतपुर महानगरपालिकाले सेवा प्रवाहको प्रमुख थलो वा कार्यालय नै भएको महसुस गर्दै नगरवासीका आधारभूत सेवा पाउने वडा कार्यालयहरू निर्माण र पूनर्निर्माणलाई अभियानको रूपमा अगाडि बढाइएको उनको भनाइ थियो ।


कार्यक्रममा प्रमुख दाहालले वडा न १५ को वडा कार्यालय पनि सानो र साँघुरो भएको आफूलाई महसुस भएको भन्दै जग्गाको व्यवस्था गरी आवश्यक प्रस्ताव लिएर आउन वडा अध्यक्षलाई निर्देसन समेत दिएकी थिइन् ।

भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना बमोजिम समग्र बिकासमा जोड दिएको भन्दै उनले भरतपुर महानगरपालिकाले बितेको ३ वर्षमा महानगरभित्र उल्लेख्य विकास निर्माण र सुशासन कायम राख्न सक्षम भएको बताएकी छिन् ।

भरतपुर महानगरपालिकाले रणनीतिक र गौरबको आयोजनाको रूपमा लिएको रिङरोड, लिङ्क राेड, पुलचोक, गोन्द्राङ ६ लेन सडक, सहरका मुख्य सडकहरूमा स्मार्ट स्ट्रिट लाइट जडान, महानगरीय सिटीहल, हुलाकी सडकको स्तरोन्नति नारायणी नदी किनारलाई सि बिच मोडलको रूपमा विकास गर्ने काम धमाधम अगाडि बढिरहेको बताइन् ।

उनले तोकिएकै समयमा आयोजनाहरु सम्पन्न गर्न आवस्यक निकायसँग आफूले समन्वय गरिरहेको बताइन् । विमानस्थल विस्तार र सहरी क्षेत्रमा विद्युतीय तारहरू भूमिगत प्रणालीमा विकास गर्ने काम पनि छिट्टै सुरू हुने प्रतिबद्धता व्यक्त गरिन् ।


वडा न १५ का वडा अध्यक्ष शम्भुबहादुर भन्डारी निर्माणाधीन गुम्बाले तामाङ लामा समुदायको धर्म संस्कृति र यस समुदायको शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेकपा चितवनका सदस्य अन्जनकुमार तिमिल्सिनाले यस गुम्बा निर्माणले लामा तामाङ समुदायको धर्म संस्कृतिको संवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस गुम्बा निर्माण सम्पन्न गर्न आफ्नो पार्टीको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भरतपुर महानगरपालिका न्यायिक समितिका सदस्य तथा नेपाली कांग्रेस नगर सभापति भरत अधिकारीले , तामाड्ग समुदायको यो प्रसिद्ध गुम्बा निर्माण समयमै गुणस्तरिय ढंगले पुरा हुनुपर्ने बताए ।

गुम्बाकाअध्यक्ष सोमबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो । राष्ट्र्यि पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको ४२ लाख र स्थानीयको सहयोगबाट ६५ लाख रूपैयाको लागतमा गुम्बा निर्माण हुन लागेको हो ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ मंसिर २६, ११: १५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ मंसिर २६, ११: १५

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ मंसिर २६, ११: १५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...