बराहपोखरीको जग्गा अतिक्रमण गर्नेको नाममा १० दिने सूचना – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

बराहपोखरीको जग्गा अतिक्रमण गर्नेको नाममा १० दिने सूचना

नयाँ विकल्प

खाेटाङ- बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका स्थानीय बासिन्दालाई अतिक्रमित जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन १० दिने समय दिएको छ ।

बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउन यसअघि तीनपटक दिइएको समयलाई स्थानीय बासिन्दाले बेवास्ता गरेपछि गाउँपालिकाले अन्तिम समय दिएको हो ।

गत मङ्सिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार १० दिनको अवधि दिएर २७ व्यक्तिको नामावलीसहित अन्तिमपटक सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । बराहपोखरीको नाममा रहेको सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा तोकिएको समयभित्र नहटाइए स्थानीय प्रशासनको साथमा बल प्रयोग गरेर हटाइने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

बराहपोखरीका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिलाई घर–टहरा हटाउन विसं २०७५ असोज ८ गते, २०७५ चैत ४ गते र २०७६ मङ्सिर ३० गते सूचना प्रकाशन गरिएको थियो । यसअघि गरिएको अनुरोधलाई स्थानीय बासिन्दाले अटेर गरेकाले घर–टहरा हटाउन अन्तिमपटक सूचना प्रकाशन गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

गाउँपालिकाले बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुँयाल, तिलकबहादुर मगर, गङ्गा विश्वकर्मा, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तीर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, धु्रव गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले सूचना जारी गरेको छ ।

नेपाल सरकारको १०० गन्तव्यको सूचीमा समावेश भएको बराहपोखरीको जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरेर किनबेचसमेत गरेका छन् । संसारकै दुर्लभ रातोमाछा पाइने बराहपोखरीको आसपास पोखरीकै नाममा रहेको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरेर घर–टहरा निर्माण गर्न थालेपछि पोखरीको अस्तित्वसमेत सङ्कटमा पर्दै गएको छ ।

बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने जनविश्वास रहेको छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपोखरीमा गएर पूजा गरे सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरिबोधिनी एकादशी र माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गरेको छ ।

हरिबोधिनी एकादशीको अवसरमा लाग्ने मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । प्राकृतिकरूपमा सुन्दर तथा धार्मिक आस्थाको धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ ।

बराहपोखरीको विकासका लागि संसदीय विकास कोषबाट रु ६० लाख बजेट विनियोजन गरेर पोखरीमा अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नुका साथै डुङ्गा खरिद गरेर सञ्चालनमा ल्याइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ मंसिर २६, १२: ०५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ मंसिर २६, १२: ०५

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ मंसिर २६, १२: ०५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...