विवाह खर्च कटौती गरेर ब्लड बैंक सञ्चालनका लागि अक्षयकोष स्थापना – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

विवाह खर्च कटौती गरेर ब्लड बैंक सञ्चालनका लागि अक्षयकोष स्थापना

नयाँ विकल्प

किमाथाङ्का- सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए । नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गरेका हुन् ।

बजगाईँले भने , “विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिब विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भनेर कोषको स्थापना गरेको हूँ ।” आफू नेपाली सेनामा कार्यरत रहेकाले सैनिक र नागरिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले कोष स्थापना गरेको उहाँको भनाइ छ ।

बजगाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा वरुण बहुमुखी क्याम्पस खाँदबारीमा रु एक लाख २५ हजार ५२५ को अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाइ’ अक्षयकोष स्थापना गरेका हुन् ।

दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरे । त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा रु ११ हजार १११ हस्तान्तरण गरे । विवाह शुरुवातीकै अवसरमा बजगाईँले महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बाहिरा स्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ मंसिर २६, १२: ३४

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर २६, १२: ३४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ मंसिर २६, १२: ३४

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...