भारतमा बिहीबार एकै दिनमा २९ हजार ३९८ काेराेना सङ्क्रमित – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

भारतमा बिहीबार एकै दिनमा २९ हजार ३९८ काेराेना सङ्क्रमित

नयाँ विकल्प

एजेन्सी- भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

जसमध्ये ९२ लाख ९० हजार ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार ७४९ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३३ औँ दिन हो ।

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१४ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार १८६ पुगेको छ । भारतको राजधानी समेत रहेको दिल्ली कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएको छ ।

यहाँ गत २४ घण्टामा १५ सय ७५ व्यक्ति कोरोना संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बिहीबार एकै दिनमा ८ लाख ७२ हजार ४९७ जनाको नमूना परीक्षण भएको थियो ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ मंसिर २६, १३: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर २६, १३: २४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर २६, १३: २४

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...