सुसनलाइ ‘च्याप्दा’ जब नारायणकाजीले कमानसिंह सकिएकाे थाहै पाएनन् – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper
नेकपा प्रवक्ता श्रेष्ठको अढाई करोड रकम बार्गेनिङको भिडियो सार्वजनिक

सुसनलाइ ‘च्याप्दा’ जब नारायणकाजीले कमानसिंह सकिएकाे थाहै पाएनन्



नयाँ बिकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार साँझ शिक्षण अस्पतालमा कोरोनाबाट निधन भएको पार्टीमा आफू निकटका नेता कमानसिंह लामासाग अढाई करोड बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित याम्बालिङ जलबिद्युत आयोजनाको शेयर बापतको दुई करोड ५० लाख रुपैयाँ प्रवक्ता श्रेष्ठ निकट सुसन कर्मचार्यले नदिएको उल्टै थप रकम माग गरेको भिडियो सार्वजनिक भएको छ ।

निर्मला लामा नेतृत्वको नेकपा (चौम) मा लागेर राजनीतिक गर्दै आएका नारायणकाजी श्रेष्ठसँग तीन दशकदेखि निकट रहेको लामालाई ऋण डुवाएर आफूनिकटकी सुसन कर्मचार्यको पक्षमा लागेर प्रवक्ता श्रेष्ठले दुई करोड ५० लाख रुपैयाँ बराबरको शेयर दिन दबाब दिएका छन् ।

तत्कालिन संयुक्त जनमोर्चा नेपाललाई नेकपा माओवादीसँग २०६५ सालमा एकीकरण गरेपछि माओवादीका बरिष्ठ नेता भएका श्रेष्ठकै सिफारिसमा लामा दक्षिण कोरियाका लागि नेपाली राजदूत भएका थिए ।

सुसन कर्मचार्य भने श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा स्वकिय सचिव थिइन भने अहिले पनि श्रेष्ठसँग निकट सम्वन्ध रहेको छ । प्रवक्ता श्रेष्ठले सुसनका श्रीमानलाई लक्ष्मणकृष्ण राजभण्डारीलाई जापान पठाइ सकेका छन् ।

भिडियो रेकर्डमा प्रवक्ता श्रेष्ठले नेता कमानसिंहलाई संवोधन गर्दै तपाईंले कबोल गरिसकेकोले दुई करोड ५० रुपैया दिन दबाब दिएका छन् । तर कमानसिंहले भने सुसनले आफूलाई दुई करोड ५० लाख दिएकै छैन भनेका छन् । बिबाद आठ करोडको देखिन्छ । कमानसिंहले आफू ५० लाखभन्दा बढी दिन नसक्ने बताउँछन् ।

श्रेष्ठले सुसन र कमानसिंह लामाकी कान्छी श्रीमती इन्द्रमायाँ तामाङलाई मेरो परिवारको मान्छे भनेर स्पस्ट संकेत दिएका छन् । सुसन र श्रेष्ठको सम्वन्ध बैधानिक रुपमा पार्टी कार्यकर्ताको मात्र हो । त्यस्तै इन्द्रमायाँ कमानसिंहकी श्रीमती हुन् ।

श्रेष्ठले कमानसिंह लामाको नाममा रहेको जलविद्युत आयोजनाको ७० प्रतिशत शेयर आफ्नो हातमा पार्न ‘गोल्डेन शेयर’को अपेक्षा मात्र नभएर दबाब दिएको बुझिन्छ । श्रेष्ठले लामाकी श्रीमती इन्द्रमायाँलाई समेत आफ्नो पक्षमा रहेको संकेत दिएका छन् ।

अस्पतालको शैयामा रहेका लामाले निधनअघि श्रेष्ठलाई संकेत गरी ‘द्रव्यपिसाच समेत भनेका छन् । उनले भर्चुअल चिठिमा ‘हाम्रा महान पार्टीका महान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन, थुईक्क जाली फटाहा द्रव्य पिशाचहरू।’

लामाले सामाजिक संजालमार्फत भौतिक सम्पत्ती प्रतिको आशक्ति देखाएको र आफूलाई वास्ता नगरेको भन्दै श्रीमती इन्द्रमाया तामाङसँग असन्तुष्टि पोखेका छन् । ७ महिनायता पत्नीसँग कमानसिंहको सम्बन्ध राम्रो देखिँदैन । सामाजिक सञ्जालमा उनले ‘मेरो मृत्युपछि अन्तिम संस्कारमा सहभागी नहुनु’ भनेर सार्वजनिक गरेका छन् ।

काठमाडौंको शंखमुलस्थित बागमति अपार्टमेन्टमा रहेको याम्वालिङ जलविद्युत आयोजनाको कार्यालयमा प्रवक्ता श्रेष्ठ लामाको स्वामित्वमा रहेको सो परियोजनाको शेयर हत्याउने उदेश्यले बारम्बार जाने गरेका छन् ।

अविबाहित श्रेष्ठले आफूलाई भ्रष्टाचारबिरोधी र सुसासनको पक्षमा रहेको सार्वजनिक दाबी गर्दै आएका छन् । श्रेष्ठको घर व्यवहार र राजनीति समेत हेर्दै आएकी सुसन कर्मचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक नरबहादुर कर्मचार्यकी पुत्री हुन् ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ मंसिर २६, १४: ५१

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ मंसिर २६, १४: ५१

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ मंसिर २६, १४: ५१

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...