
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसले गत मंसिर १७ गते दमौलीमा पुल उद्घाटन गर्न गएका पार्टी नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि सरकारका बिरुद्ध आगामी मंसिर २९ गते गर्ने विरोध प्रदर्शनमा केन्द्रीय नेता पठाउने निधो गरेको छ ।
सरकारले सर्वसत्तावादको बाटो पकडेको भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न असफल भएको, राजावादीले देशव्यापी प्रदर्शन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरामा परेको भन्दै बिरोध प्रदर्शनको व्यवस्थित तयारी गरेको हो ।
पार्टीले शीर्ष नेता र केन्द्रीय सदस्यलाई देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न खटाएको छ । संवोधनका लागि सभापति शेरबहादुर देउवा हेटौंडा, रामचन्द्र पौडेल काठमाडौं, उपसभपाति विमलेन्द्र निधी भक्तपुर, महामन्त्री सशांक कोइराला बिराटनगर, कृष्ण सिटौला महोत्तरी र गगन थापालाई धनगढी खटाएको छ ।
पार्टीले कोषाध्यक्ष सीतादेवी यादवलाई ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महतलाई झापा, गोपालमान श्रेष्ठलाई काभ्रे, प्रकाशमान सिंहलाई जनकपुर, चित्रलेखा यादवलाई राजबिराज, डा. रामशरण महतलाई भरतपुर र अर्जुननरसिंह केसीलाई पोखरामा हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा खटाउने निर्णय गरेको छ ।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरूलाई जिल्लाहरुमा हुने प्रदर्शनमा सहभागी हुन भनेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेल कञ्चनपुर र एनपी सावद अछाम जाने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा र केपी शर्मा ओली नेतृत्वको सरकारको सर्वसत्तावादको विरोधमा नारा लगाउन निर्देशन दिएको छ ।
चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् । केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...