लकडाउनसंगै बन्द रहेकाे भाटेकोशीको बञ्जीे नौ महिनापछि सञ्चालनमा – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

लकडाउनसंगै बन्द रहेकाे भाटेकोशीको बञ्जीे नौ महिनापछि सञ्चालनमा

नयाँ विकल्प

काठमाडाैं-कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए । विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ ।

देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक १०० जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटकहरु आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट पारे । बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ ।

बञ्जीका लागि स्वदेशीलाई रु छ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तररुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थ यात्री नाका हुँदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने प्रचुर सम्भावना रहेको छ ।

नेपालका राष्ट्रिय विभूति वास्तुविद् अरनिको १३औँ शताब्दिमा चीन जाँदा बञ्जीभन्दा माथि रहेको भोटेकोशी गाउँपालिका–५ स्थित त्याङथलीमा बास बसेका थिए । तामाङ जातिको बाहुल्यता रहेको उक्त गाउँमा बास बसेपछि त्याङथली नाम राखेको थिए ।

तामाङ भाषामा त्याङथलीको अर्थ चोटा हुने र भोटेकोशीमाथि पर्ने हुँदा त्याङथली नाम राखेको स्थानीयवासीको भनाइ रहेको छ । अरनिको बास बसेको उक्त ऐतिहासिक स्थानको भौगोलिक तथा पर्यटकीय सम्भावनाका बारेमा निजीस्तरमा अनुसन्धानमा लागिपरेको अरनिको पाहुना घरको प्रबन्धकसमेत रहेको राउतले जानकारी दिए ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ मंसिर २७, १५: ४९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ मंसिर २७, १५: ४९

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर २७, १५: ४९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...