
नेपालगंज-कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ ।
एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने बताए ।
“प्रारम्भिक सर्भे भइसकेको छ, विस्तृत सर्भे शुरु हुँदैछ”, उनले भने , “कुन बाटोबाट लैजाने, कति रूख कटान गर्नेसम्बन्धी टुङ्गो अब अध्ययनपछि लाग्नेछ ।” आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्ट प्रालिले पाएको छ ।
कम्पनीले दुई वर्षभित्र प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजनामा करीब रु ७० करोड खर्च हुने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि ‘कम भोल्टेज’को समस्या हट्नेछ ।
‘कम भोल्टेज’कै कारण कर्णालीमा विद्यत् विस्तार हुन सकेको छैन । लामो समयदेखि प्रसारण लाइन निर्माणको चर्चा चले पनि राजनीतिक अस्थिरताका कारण काम शुरु सकेको थिएन । रासस
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...