ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी

नयाँ विकल्प

एजेन्सी – दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्म ६८ लाख ३४ हजार ९६५ जना संक्रमित भएका छन् । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा यहाँ पनि कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् । उनीहरुका अनुसार यहाँ सरकारले कडा खालको लकडाउन गरेको भए पनि संक्रमण भने घटेको छैन ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ मंसिर २७, १७: २६

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ मंसिर २७, १७: २६

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ मंसिर २७, १७: २६

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...