सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

नयाँ विकल्प

वेनी- हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउ पुर्याउने जिकिर गरे । अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै सहज हुने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सोही अवसरमा प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गरे ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ मंसिर २८, १२: ३८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ मंसिर २८, १२: ३८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ मंसिर २८, १२: ३८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...