चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा

नयाँ विकल्प

खाेटाङ- जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ ।

गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको छ ।

व्यक्तिको नाममा रहेको उक्त जमिनमा विसं २०३८ तिर नै चिसापानी बजारका स्थानीय बासिन्दाका लागि खानेपानीको ट्याङ्की बनाइएको थियो । विसं २०४२ मा नापी टोलीमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत र जग्गा नाप्न गएका दास थरका अमिनले आफ्नो नाममा दर्ता गरेको पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए ।

“चिसापानी बजार क्षेत्रमा खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नै नदिई दर्ता गरेका रहेछन्”, उनले भने , “जग्गाधनी हुँ भन्दै सुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउन आउँदा मात्र सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको रहेछ भन्ने थाहा भयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

भूमिसम्बन्धी ऐन २०२१ को परिच्छेद ७ को मोहीसम्बन्धी व्यवस्थाको दफा २५ को मोहीको हक प्राप्त हुने अवस्थाको १ अनुसार नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको जनाइएको छ । विसं २०४२ मा आएकोे नापी कार्यालयमा दर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको जिकिर छ ।

गाउँपालिका प्रमुख राईले मालपोत ऐन, २०३४ को परिच्छेद ७ को जग्गा आवाद गर्नेसम्बन्धी व्यवस्थाको दफा २४ को उपदफा १ अनुसार निज व्यक्तिहरुले कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जानकारी दिए । मालपोत ऐन, २०३४ को केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ मा व्यवस्था भएअनुसार उक्त जग्गाको विसं २०२१ मा उतारिएको ७ नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने गाउँपालिका प्रमुख राईको भनाइ छ ।

स्थानीय सर्वसाधारण तथा चिसापानी बजारका बयोवृद्धहरुले समेत सो जग्गा कसैको भोगचलनमा नरहेको सरकारको नाममा खाली बाँझो चौरी रहेको बताएका छन् । उता तत्कालीन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेहरुमध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गा सोही ठाउँमा बस्ने माथवरसिं राउतलाई बिक्री गरिसकेका छन् । राउतले सो जग्गा सरकारी नै रहेको थाहा भएकाले प्रक्रिया मिलाएर फिर्ता गर्ने बताएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

जग्गाको प्रकृति र पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका छन् । छ वडा रहेको उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजी गर्ने अभियान शुरु गरेको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजीकार्य शुरु गरेका छन् ।

जिल्लाका अधिकांश स्थानीय तहमा रहेका गुठी तथा मठमन्दिरको नाममा रहेको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । हलेसी तुवाचुङका महिलालाई कम्प्युटर तालिम महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ ।

समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि वडा नं १० अर्खौलेका ६४ महिलालाई तीनमहिने आधारभूत कम्प्युटर तालिम दिइएको हो । अधिकांश महिला लक्षित बजेटलाई सिलाइ÷कटाइ, बुनाइजस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभूत कम्युटर तालिम दिइएको नगरपालिकाका उपप्रमुख विमला राईले बताइन ।

कम्युटरसम्बन्धी महिलाको क्षमता र दक्षता अभिवृद्धिका लागि महिला लक्षित कार्यक्रमअन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्युटर तालिम बिहीबार समापन गरिएको छ । महिलाका लागि विनियोजित रु चार लाखमध्ये दुई लाखमा चार वटा कम्युटर र एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजना गरिएको थियो । हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा र चुलोचौकामा सीमित महिला उत्साहित बनेका छन् ।

उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता हासिल गरेका छन् । कम्प्युटर सिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए । ‘महिलालाई सधैँ सिलाइ÷कटाइजस्ता तालिम दिने गरिएको तर, नयाँ–नयाँ प्रविधिका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिमको आयोजना गरिएको उपप्रमुख राईले जानकारी दिइन ।

केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनका क्रममा पनि कम्युटरसम्बन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख राईले बताइन । –––

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ मंसिर २८, १३: २५

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ मंसिर २८, १३: २५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ मंसिर २८, १३: २५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...