
नयाँ बिकल्प,
काठमाडौं – संवैधानिक परिषद्को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको छ ।
प्रमुुख प्रतिपक्षी दलका नेता रहेका शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले स सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन राखेका कारण बैठकमा आउन नसक्ने जनाउ शनिबार नै दिएका थिए ।
संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ । देउवाले आइतबार बोलाइएको बैठकमा आफु आउन नसक्ने जनाएपछि प्रधानमन्त्री ओलीले परिषद्को बैठक मंसिर ३० गतेको लागि राखेका छन् ।
संवैधानिक परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र तीन दुई आयुक्तसहित अन्य संवैधानिक आयोगमा गरी ४६ पद रिक्त छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...