नेपालमा भ्रष्टाचारकाे नमुनाः बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्व प्रमुख बस्न्यात हिरासतमा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

नेपालमा भ्रष्टाचारकाे नमुनाः बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्व प्रमुख बस्न्यात हिरासतमा


नयाँ विकल्प

काठमाडौं – नेपालमा भ्रष्टचार कतिसम्म विकाराल अबस्थामा छ त्याे हेर्ने धेरै टाढा जानु पर्दैन । भ्रष्टाचार निवारणकालागि गठित अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे पूर्व प्रमुख दिप बस्न्यातलाइ हेर पुग्छ ।

जाे आइतबार भ्रष्टाचारकाे आराेपमा जेल चलान भएका छन् ।
बालुवाटारको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लगेको अभियोगका अभियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

मुद्दा दर्ता भएको साढे १० महिनापछि आइतवार उनी बयानका लागि अदालतमा उपस्थित भएका थिए । अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित एक सय ७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले बस्न्यातसँग ९ करोड ६५ लाख बिगो मागदावी गरेको थियो ।

बस्न्यातले आफ्नो तर्फबाट बहस गराउनका लागि वरिष्ठ वकिलहरूको सहारा लिएका थिए ।वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लगायतका कानुन व्यवसायीहरू उनको पक्षबाट बहस गरेका थिए ।


थापा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ बारकै पूर्व महासचिव तथा पूर्व महान्यायाधीवक्तासमेत हुन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लग्न भूमिका खेलेको आरोप बस्न्यातमाथि छ । विशेष अदालतमा प्रवक्ता तथा उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार बस्न्यात आफैं बयानका लागि अदालतमा उपस्थित भएका हुन् । न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

काे हुन दिप बस्न्यात ?

अख्तियारका पूर्व प्रमुख बस्न्यात साविक खोटाङ जिल्लाको बतासे (छोरम्बु गा.वि.स.) हाल दिप्रुङ चुइचुम्बा गाउ“पालिका वडा नम्वर ३ मा २००६ सालमा जन्मिएका हुन् । पाँच दाजुभाई र दुई दिदी बहिनीमध्ये बस्न्यात साईला हुन् । । बस्न्यातका दुई छोरी र एक छोरा छन् ।

बस्न्यात राज्य दाेहन गरेर कमाएकाे पैसाले उनीसंग अरवाै रकम रहेकाे अनुसन्धानबाटै देखिएकाे छ । राज्य लुटबाट कमाएकाे पैसाले बस्न्यातले घरमा प्रयाेग हुने साेभा, टेवल, दराज लगायत सजावटका अधिकांश चिज सुनले नै जलप लगाएका छन् ।

उनकाे घर प्रवेश कुनै पनि राजशैलिलाइ मात दिने खालकाे छ । बस्न्यायतले खोटाङबाटै एसएलसी पास गरेका हुन् । एसएलसी गरेपछि ०२४÷०२५ सालमा एक वर्ष गाउ“मै शिक्षण गरे । यसपछि उनी काठमाडौं छिरे । सुरुमा होटल सोल्टीको क्यासिएर भएर काम गरे ।

त्यसपछि कृषि बिकास बैंकमा करार कर्मचारी भए । अनि सरकारी सहकारीमा एक वर्ष तराजु बोकेर युरिया मल बेचे । ०३१ सालतिर बस्न्यात लोकसेवा आयोगबाट अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि उनले जीवनमा कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । उनका समवयी एकजना सचिवका अनुसार लोकसेवाबाट अधिकृतमा नाम निकालेलगत्तै बस्न्यात सडक डिभिजन कार्यालय कोहलपुर–बनबासाको बडालेखापाल भए ।

उनी भन्छन्, ‘बस्न्यातजीले जीवनभर कमाउ धन्दाका अड्डामा मात्र काम गरेर कमाउनुसम्म कमाए । अहिले त्यसैको पाप करायो ।’ वनबासापछि उनी झापा दमकको सडकमा बडा लेखापाल भए । यसपछि ताप्लेजुङ मालपोत अधिकृत, सिरहा लाहानको मालपोत अधिकृत, झापा मालपोत अधिकृत, काठमाडौं विमानस्थल प्रमुख, भन्सार विभागको उपमहानिर्देशक, गृह मन्त्रालयको उपसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव, सूचना विभागको महानिर्देशक, कलकत्ताको महावाणिज्य दूत, श्रम विभागको महानिर्देशक, आन्तरिक राजश्व, भन्सार राजश्व कार्यालयको महानिर्देशक, पूर्वाञ्चल क्षेत्रीय प्रशासक, नेपाल सरकारको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हु“दै प्रमुख आयुक्तसम्म भए ।

पदमा हु“दा बस्न्यातले आफन्त दाजुभाइलाई समेत खासै मतलव गर्दैनथ्ये । भलै, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि भने आफूभन्दा तलको का“इलो भाई नरेन्द्र बस्न्यातलाई बाग्मती सुधार उच्चस्तरीय आयोगको प्रमुख बनाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तलाई पुर्पक्षकालागि जेल पठाएको इतिहासमै यो पहिलो घटना हो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर २९, ११: ०१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर २९, ११: ०१

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ मंसिर २९, ११: ०१

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...