गगनको चेतावनी –राष्ट्रपति ज्यू ! आँखा नचम्काई बक्स्योस्, हात नलम्काई बक्स्योस् – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

गगनको चेतावनी –राष्ट्रपति ज्यू ! आँखा नचम्काई बक्स्योस्, हात नलम्काई बक्स्योस्


नयाँ विकल्प,

काठमाडौं –नेपाली कांग्रेसले सोमबार आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनको क्रममा कैलाली जिल्लाको सदरमुकाम धनगढी पुगेको कांग्रेसका यूवा नेता तथा सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजर्षी व्यवहारले गर्दा गणतन्त्रमाथि नै शंका उत्पन्न गराएको भन्दै कडा आलोचना गरेका छन् ।

कांग्रेसको विरोध सभामा राष्ट्रपतिप्रति कटाक्ष थर्दै भने ‘श्री ५ बढामहारानी बन्न खोज्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्न चाहन्छु राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस, हात नलम्काई बक्स्योस, काठमाडौंमा चुनाव लड्न आइवबक्यस्योस ।’

थापाले राष्ट्रपतिसँग चित्त नबुझेको स्वीकार्दै ‘राजालाई सडकमा ल्याएर फाल्यौं राष्ट्रपतिलाई सडकमा ल्याउन हिम्मत राख्छौं’ भने । कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको दाबी गरे ।

नेता थापाले कांग्रेस यसअघि सरकारमा नआउनुको कारणबारे स्पष्ट पार्दै भने ‘कांग्रेस नसकेर सडकमा नआएको होइन, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’

कांग्रेसले सहयोग गर्न खोजे पनि बालुवाटरमा लुकेर षड्यन्त्र मात्रै गरेकोले सरकारलाई खवरदारी गर्न कांग्रेस सडकमा ओर्लिएको थापाको भनाइ छ । सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने पनि थापाले प्रतिवद्धता जनाए ।

नेकपा सरकार शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउन नसकिरहेको जनाउँदै भने ‘नेकपाको सरकारले तत्काल चाहिएको र तत्काल पूरा हुने कुरा गर्दैन, तर कहिल्यै पूरा नहुने हावा कुरा मात्रै गर्छ’, नेता थापाले भन्नुभयो ।

कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकार बालुवाटारको जग्गा, ओम्नी, यतिहँुदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको उदाहरण प्रस्तुत गरे ।

तनहुँमा पार्टी नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा भन्दै ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन सुरु गरेको छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ मंसिर २९, १५: ३५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर २९, १५: ३५

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर २९, १५: ३५

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...