सरकार भ्रष्टाचारमा लिप्त भयो, अबको चुनावपछि कांग्रेसको सरकार बन्छः डा. शशांक – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

सरकार भ्रष्टाचारमा लिप्त भयो, अबको चुनावपछि कांग्रेसको सरकार बन्छः डा. शशांक


नयाँ विकल्प,

बिराटनगर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडक संघर्षमा आउनु परेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङ जिल्ला समितिले सोमबार विराटनगरमा आयोजना गरेको बिरोध प्रदर्शनपछिको सभालाई संवोधन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकार अलोकप्रीय भइसकेकाले अबको निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।

अहिलेको सरकार सञ्चालनको शैली नै ठिक नभएको भन्दै महामन्त्री डा. कोइरालाले अबको चुनावपछि कांग्रेसले सरकार कसरी चलाउनुपर्छ त्यो देखाउने बताए ।

उनले ओलीले सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको आरोप लगाउँदै कांग्रेसले तीन वर्ष चुप लागेर बसे पनि सरकार भ्रष्टाचारमा लिप्त भएपछि बाध्य भएर सडकमा आएको बताए ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ मंसिर २९, १८: ०९

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ मंसिर २९, १८: ०९

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ मंसिर २९, १८: ०९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...