
काठमाडाैं-मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ ।
अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्काे संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिनुभयो । एडिबीले सो डिजाइन रिभ्यु गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालू आवमा रु ३५ करोड छुट्याएकाले यो वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, “यो आवमा ठेक्कामा जान सकेमा अर्काे वर्ष निर्माणको काम हुनेछ ।”
सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताए । आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ । पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक रहेको छ ।
सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५ दशमलव पाँच बनाउन सकिन्छ । उहाँले भन्नुभयो, “अहिले भइरहेका पूर्वाधारको क्षमता बढाउँदा अर्काे एउटा पनि २५ दशमलव पाँच करोड लिटर क्षमताको निर्माण गरे पुग्छ ।” आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ ।
तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एडिबीको आर्थिक सहयोगमा निर्माण भएकोे थियो । सुरुङ, हेडबक्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...