गाेरखाकाे बारपाक बन्यो ‘बुद्ध पार्क’ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

गाेरखाकाे बारपाक बन्यो ‘बुद्ध पार्क’

नयाँ विकल्प

गाेरखा – बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ ।

गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । “पार्कभित्र करिब पाँच फिट अग्लो बुद्ध मूर्ति राखिएको छ”।,

उनले भने ,“ बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ ।” पार्कमा ढुङ्गाको कलात्मक सजावटसाथ प्रयोग गरिएको उनले बताए । “बुद्धपार्कमा प्राकृतिकस्वरुप झल्किएको छ”, गाउँपालिका अध्यक्ष भट्टले भने , “बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भए पनि पार्कले अल्मल्याउने निश्चित छ ।”

पार्क बनाउन गाउँपालिकाले ४० लाख र वडा कार्यालयले रु पाँच लाख विनियोजन गरेका थिए । “पार्क बनाउन स्थानीयवासीले श्रमदानसमेत गरेका छन्”, उनले भने ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ मंसिर ३०, १३: १०

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ मंसिर ३०, १३: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ मंसिर ३०, १३: १०

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...