
नयाँ बिकल्प,
काठमाडौं –उखु किसानले बेचेको चिनीको मुल्य चिनी मिल संचालकहरुले नदिनुमा सरकारले किसानलाई विर्सिएर कमिसनवालालाई चिनेकै कारण भएको कांग्रेसको ठहर छ ।
विगत एक सातादेखि उखु बेचेको पैशा नपाएको भन्दै माईतिघर मण्डलामा धर्नामा बसेका उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन पुगेका कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा बस्नेहरुले कमिसनवालाहरुलाई बढी चिन्ने र किसानलाई नचिन्ने दिन आउँदा उखु किसानको समस्या समाधान हुन नसकेको बताए ।

‘उखु किसानहरु उखुको मोल खोज्न मात्र यहाँ आएका होइन, यो देशमा सरकार छ कि छैन भनेर खोज्नलाई आउनु भएको छ’, शर्माले भने, ‘चिनी उद्योगीहरुको समस्या के हो सरकारले जानोस तर उखु किसानका समस्या समाधान गर्नका लागि राज्यको तदारुकता हुनुपर्छ र राज्यले समन्वय गर्नु पर्छ ।’
शर्माले अघिल्लो वर्ष जस्तै यो वर्ष पनि चिसोमा काठमाडौं आउनु परेको भन्दै सरकारका एक मन्त्रीजीले ‘माइतिघरको धर्नामा बसेकाहरु वास्तविक किसान होइनन्’ भनेर किसानलाई विर्सिएको जनाए ।
चिनी उद्योगीहरु कुन राजनीतिक दलसँग निकट छन वा कुन किसानले कुन दललाई भोट हाल्यो भन्ने कुराले खास अर्थ नराख्ने भन्दै प्रवक्ता शर्माले महोत्तरी, धनुषा, सर्लाही रौतहटदेखि किसानहरु राजधानी आएर मेरो माग पुरा गर, मेरो पसिनाको मोल देउ भनेर माग्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको दाबी गरे ।

‘सर्वहाराको नारा लगाएर सत्तामा पुगेको सरकारले सडकमा आएका सर्वहारा किसानको आवाजलाई तत्काल सुनुवाई गर्नु पर्छ’ शर्माले भने, ‘मन्त्रीजीले मन्त्रालय भित्र छिर्दै गर्दा कालो गाडिमा बसेर झण्डा फहराउँदै वा मन्त्रालयको कुर्सीमा खुट्टा हल्लाउँदैमा माइती घरमा किसान होइन भन्नेले किसानका कागजपत्र हेरिदिउन । कोही पनि गैरकिसानहरु यो काठमाडौंमा जाडोमा आएर मुल्य देउ भन्न आउँदैन ।’
प्रवक्ता शर्माले एउटा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति एउटा सरकारको अभिव्यक्ति हो कि होइन भन्दै प्रश्न गरेका छन् । उनले यदि सरकारको त्यस्तै भनाई होइन भने तत्काल पहल गरेर किसानको मुल्य तिर्ने वातवरण बनाउन माग गरे ।

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...