राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउन माग – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउन माग


नयाँ विकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षक भन्दा भक्षकको भूमिका निर्वाह गरेको भन्दै उनीबिरुद्ध महाभियोग लगाउन माग गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संघीय संसद बैठकको माग गरिरहेको बेला करिब एक वर्षदेखि उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले स्वैच्छाचारी तरिकाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश सिफारिस गर्नासाथ जारी गरेको भन्दै नेपाल तरुण दलले महाभियोग लगाउन माग गरेको हो ।

अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीतको सो अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न माग गर्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संंसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्नेमा जोड दिए ।

‘राष्ट्रपतिको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नु पर्छ’, तरुण दल अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सर्बसत्ताबादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त गराउनु पर्नेमा तरुण दलले जोड दिएको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ पुष १, १३: १९

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ पुष १, १३: १९

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ पुष १, १३: १९

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...