सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण

नयाँ विकल्प

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी—पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ ।

यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा अहिलेसम्म सङ्क्रमित हुनेमध्ये शून्य दशमलव तीन प्रतिशत अर्थात् ४६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

यद्यपि अन्यत्र ठाउँमा सिफारिस भई मृत्यु भएका तथा सङ्क्रमित भई होम आइसोलेशनमा मृत्यु भएका कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । शङ्कास्पद एक लाख २५ हजार ६६५ जनाको नमूना सङ्कलन भएकामा केहीको नमूना परीक्षण हुन बाँकी छ । गत चैत महिनादेखि फैलिन थालेको कोभिड–१९को सङ्क्रणका कारण हुने मृत्यु दर पछिल्ला दिनमा उकालो लागेको छ । पछिल्लो १५ दिनयता प्रदेशमा आठ सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमण भई अवस्था जटिल भएका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालामा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि बढीमा ४०० नमूना सङ्कलन हुने गरेको छ । अहिलेसम्म १० हजार ९३ जना उपचारपछि घर फर्किएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउँछन् । “जाडो मौसममा ‘भाइरल इम्फेक्सन‘को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उनले भने ।,

“कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।” भाइरसको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर घरमा बस्दा पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड—१९ सम्पर्क व्यक्ति हेमराज जोशीले लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति र अन्यत्र ठाउँबाट आएर क्वारेन्टाइनमा बसेकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ ।

‘‘शुरुका महिनामा भारतलगायतका ठाउँबाट फर्किनहरु बढ्दा नमूना सङ्कलन बढेको थियो”, उनले भने ,“पछिल्ला दिनमा बाहिरबाट आउने घट्दै जाँदा पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्छ ।” सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङक्रमणको जटिलावस्थाका छ जनाको सघन उपचार कक्ष र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेशिनमार्फत नमूना परीक्षण भइरहे पनि सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको मेशिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेशिनको व्यवस्थापन भएको थियो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई तथा डडेल्धुरा, डोटी, बैतडी र अछाम अस्पतालमा व्यवस्थापन गरिएका एकएक मेशिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ पुष १, १३: ३६

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ पुष १, १३: ३६

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ पुष १, १३: ३६

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...