सास रहुञ्जेल आश ! – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

सास रहुञ्जेल आश !

नयाँ विकल्प

दमौली मर्ने कसैलाई रहर हुँदैन

तर, नमरेको प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाऊ

मान्छे नमर्ने शहर हुँदैन ।

गीतकार कृष्णहरि बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागि लेखेकाे याे गीतका यी हरफ जस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ३४ वर्षीया अनिता सुवेदीको जीवन कथा छ ।

तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचिरहेकी छन् उनी। शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी सुवेदीलाई मिर्गौला फेरर निको हुने मन छ । आर्थिक अभावले हप्ताको एक पटक डायलासिस गराउन पनि समस्या छ । उनी भन्छिन, “कुन शहर होला र जहाँ बिना पैसा उपचार गराएर निको हुने ?”

मिर्गौलाको समस्याका कारण उनकोे अनुहार सुन्निएको छ । निको हुनलाई सुई खोप्दाखोप्दा हातमा झनै घाउ बनेको छ । तैपनि निको हुने आश मरेको छैन । तर आर्थिक अभावको मार बेस्सरी खेप्नुभएको छ उनले । उनको दमौली अस्पतालमा रहेको शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस गरिन्छ ।

नेपाल सरकारले गरेको व्यवस्थाअनुसार निःशुल्क डायलासिस हुन्छ । तर डायलासिस गरेपछि फेर्नुपर्ने रगत, औषधि र यातायात खर्च कसरी जुटाउने भन्ने चिन्ताले कहिल्यै छाड्दैन उनलाई । हप्तामा रु पाँच हजार हाराहारीमा खर्च हुने गरेको उनले बताए। मिर्गौला फेल भएको थाहा पाएदेखि वर्षदिन जेनतेन आफ्नै खर्चमा उपचार गराएको उनले बताइन् ।

दुई वर्षदेखि भने निरन्तर दाताले दिएको सहयोगको भरमा अनिताको उपचार भइरहेको छ । कोही जन्मदिनमा मनाउने खर्च अनिताको उपचारलाई दिन्छन् । दयालाग्दो अवस्था देखेर विदेशबाट पनि उनलाई सहयोग आइरहन्छ । “कहिले घरमै आएर सहयोग दिन्छन् । कहिले हामी घरदैलोमा पुगेर सहयोग उठाउँदै हिँड्छौं,” उनले भने ।

अनितासँगै ६० वर्ष नाघेकी आमा जानुका पनि घरदैलो चाहार्दै सहयोग उठाउँदै हिडछिन् । “उपचार गराउनलाई आफूसँग सुक्को रकम छैन । सहयोग नउठाए छोरीको उपचार हुँदैन,” उनले भनिन , “श्वास रहुञ्जेल आश लाग्दो रैछ क्यारे ।

मागेरै भए पनि उपचार गराउन पाइयो भने त दुई चार दिन बढी छोरी बाँच्ली ।’’ अनिताका दाजु ३८ वर्षीय अर्जुन विस्तारामै थला परेका छन् । सानै छँदा घरको छतबाट खस्नुभएका उहाँको उपचार हुन पाएको छैन । तीन वर्ष अगाडिसम्म घिस्रिएर दिसापिसाब गर्नलाई शौचालयसम्म जाने उनी लस्याहार पाउन छाडेपछि थला पर्नुभएको छ । हर प्रहर विस्तारामा गुजुल्टिएर बस्छिन् ।

छोरोको पनि आर्थिक अभावले उपचार गराउन कठिन भएको आमा जानुकाले बताइन । उनले भनिन,“एउटीलाई त उपचार गराउन सकिएको छैन् । छोरोलाई कसरी लैजाम अस्पताल ।” अनिताको कान्छा भाइले घरखर्च चलाउन तरकारी बेच्ने गर्दछन् । बहिनीलाई भने परिवारको रेखदेखमै ठीक्क छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ पुष १, १३: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ पुष १, १३: ५२

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ पुष १, १३: ५२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...