मध्यपुरथिमि नगरपालिकाकाे ‘गन्तव्य मध्यपुरथिमि’ अभियान – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

मध्यपुरथिमि नगरपालिकाकाे ‘गन्तव्य मध्यपुरथिमि’ अभियान

नयाँ विकल्प ,

भक्तपुर- ऐतिहासिक, पुरातात्विक र परम्परागत जात्रा पर्वले जीवन्त मध्यपुरथिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनाउन मध्यपुर थिमि नगरपालिकाले विज्ञ र सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ ।

मध्यपु्रथिमि नगरपालिकाको मार्ग हुँदै आन्तरिक तथा बाह्य पर्यटक भक्तपुर नगरपालिकाका ऐतिहासिक तथा पुरातात्विक सम्पदा र हिमालको दृश्य हेर्न पर्यटक नगरकोट जाने भएकाले यहाँको महत्वपूर्ण सम्पदाहरुको अवलोकनमा भने बेवास्ता गर्ने गरेपछि गन्तव्य मध्यपुर अभियान सञ्चालन गर्ने लक्ष्यका साथ नगरपालिकाले छलफल अगाडि बढाएको हो ।

मध्यपुरथिमि नगरपालिकाले नगरको पर्यटन क्षेत्रलाई गन्तव्य स्थलका रुपमा विकास गर्न तयार पारेको योजनालाई आज सार्वजनिक गर्दै त्यसलाई मूर्तरुप दिन सल्लाह, सुझाव सङ्कलनसमेत शुरु गरेको छ । यसै क्रममा आउँदो वैशाख १ गतेदेखि विशेष अभियानअन्तर्गत पर्यटक भित्र्याउने योजनाअनुरुप गन्तव्य मध्यपुरथिमि नारा दिई अभियान सञ्चालन गर्ने क्रममा सरोकारवाला निकायसँग छलफल गरेको छ ।

नगरपालिका ‘गन्तव्य मध्यपुरथिमि’ नामक नगरपालिकाको समग्र पर्यटकीय क्षेत्रलाई समेटेर तयार गर्ने बुकलेटबारे समेत छलफल गरिएको छ । जनप्रतिनिधिका रुपमा आएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यहाँका जीर्ण ऐतिहासिक मठमन्दिर पाटीहरुको पुनर्निर्माण, लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक पोखरी तथा ढुङ्गेधाराको उत्खनन तथा पुनर्निर्माण, कैयौँ वर्ष बन्द भएर लोप हुने अवस्थामा पुगेको सांस्कृतिक जात्रा, पर्व, परम्परालगायतको संरक्षण गर्दै आएका छन् ।

उनले नगरपालिकाले तयार पार्ने ब्रसर मस्यौदाकर्ता, विज्ञ सोमनाथ शर्माले मध्यपुर थिमिको ऐतिहासिक परिचयसहित सांस्कृतिक महत्वका मूर्त कला संस्कृति झल्किने कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा मध्यपुर थिमिका विभिन्न विज्ञ व्यक्तित्वले यसमा नपुगेका र शुद्धीकरण गर्नुपर्ने, मध्यपुरथिमिको समग्र परिचयसहित यहाँका ऐतिहासिक सम्पदा एवं संरचनालाई समेट्नुपर्ने र मध्यपुरले पर्यटकलाई के आकर्षण दिन्छ भन्ने विषय ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मध्यपुरथिमिका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, डा प्रकाशमान श्रेष्ठ, धर्मसुन्दर बज्राचार्य, श्यामकृष्ण मानन्धर, ज्ञानराम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, रामकृष्ण दुवाल, रोशन बज्राचार्य, वडाध्यक्ष कृष्णकुृमार प्रजापति, वडाध्यक्ष कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, वीरेन्द्र जयनालगायतले आ–आफ्नो विचार व्यक्त गरे

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ पुष १, १६: १५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ पुष १, १६: १५

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ पुष १, १६: १५

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...