ताप्लेजुङको पर्यटकीय गन्तव्य मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

ताप्लेजुङको पर्यटकीय गन्तव्य मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा

नयाँ विकल्प

फुङलिङ- ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् । ताप्लेजुङ एक जैविक विविधता भरिपूर्ण एक पर्यटकीयस्थल हो ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, तिम्बुङपोखरी, फुङ्फुङ झरनाजस्ता प्राकृतिक जैविक विविधताले भरिपूर्ण भएको जिल्ला भए पनि कतिपय प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरु ओझेलमा पर्दै आएको छ । त्यस्तै मेरिङदेन गाउँपालिका–१ थिङ्लापुमा रहेको मेरिङदेन झरना पनि प्रचारप्रसारको अभावमा रहेको एक पर्यटकीय महत्व बोकेको मेरिङ्देन झरना पनि एक हो ।

मेरिङ्देन झरना करीब २५० मिटर लामो रहेको छ । यो १२ महिना निरन्तर झरिरहने झरना हो । मेरिदेन झरनासँगै नजीकै करीब १३० मिटरको अर्को झरना र सँगसँगै अन्य करीब ८० मिटरभन्दा उचाइका चारवटा झरनाको प्रत्यक्ष दृश्यावलोकन सकिने स्थानीयवासी डम्बर ओख्रबोले बताए ।

एकपटक छवटा झरना झरेको सुन्दर मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान भएकाले स्थानीय युवा पर्यटकीयस्थल बनाउनका लागि प्रचारप्रसार लागिपरेका हुन् । मेरिङ्देन झरनाको क्षेत्रमा (ओसाङ्लुङमा) भन्ने स्थान रहेको र सो स्थानमा (बिजुवा) लिम्बू जातिकोे पुजारीको उत्पत्ति भएको मान्यता रहेको स्थानीयवासी आशिष केदम बताउँछन् ।

झरना भएको स्थानबाट नजीकै भएको भिरमाहुरी, मृग, थार, घोरल आदि जैविक विविधताको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने स्थान भएकाले एक आकर्षक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सक्ने केदम बताउँछन् । झरनाहरुको दृश्यावलोकनसँगै धार्मिक तथा जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पनि थप पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेको छ ।

मेरिदेन झरनालाई प्रचार गर्दै मेरिङ्देन झरनासम्म जाने बाटो राष्ट्रिय युवा सङ्घ नेपाल मेरिङ्देनले चार किलोमिटर पदमार्ग निर्माण गर्नुभएको छ । ताप्लेजुङ सदरमुकामदेखि करीब ३० किलोमिटर गाडीमा र तीन घण्टा पैदल यात्रा गरेपछि मेरिङ्देन झरनासम्म पुग्न सकिन्छ । मेरिदेन झरना प्रचारमा आउँदै गरेकाले स्थानीय सरकार मेरिदेन गाउँपालिकाले अध्ययनका लागि प्राविधिक टोली लिएर जाने तयारीमा रहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताउँनछन्।

पर्यटन प्रवद्र्धन गर्नका लागि मेरिङ्देन गाउँपालिकाभित्र प्रचारप्रसारको अभावमा रहेका स्थलहरुको खोजअनुसन्धान गरी आवश्यताअनुसार भौतिक संरचनाहरु निर्माणका साथै प्रचारप्रसार गर्नका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको प्रवक्ता बराइलीले बताए । रासस

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ पुष १, १६: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ पुष १, १६: २१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ पुष १, १६: २१

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...