संघीय संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग, गगनको ट्विटले देउवा सकसमा – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

संघीय संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग, गगनको ट्विटले देउवा सकसमा


नयाँ विकल्प,

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बढ्दो राजनीतिक सरगर्मीलाई निकासका लागि संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठकको गणपुरक संख्या ३ जना मात्र भए पुग्ने गरी अध्यादेश जारी गरेपछि कांग्रेसले अधिवेशनको माग गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार दिउँसो भएको बैठकमा संवैधानिक परिषद सम्वन्धी अध्यादेश तुरुन्त फिर्ता गरी संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसाग माग गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुलाई आफ्नो नियन्त्रणमा राखेर स्वेच्छाचारी ढंगले सरकारले चलाएर अधिनायकबादी चरित्र प्रस्तुत गरेको भन्दै अधिवेशन बोलाउन माग गरेको हो ।


गगन ट्वीटले सभापति सकसमा

कांग्रेस पदाधिकारीको बुधबार दिउँसो अनौपचारिक बैठक बस्नुअघि कांग्रेसका यूवा नेता तथा सांसद गगनकुमार थापाले ट्विट गर्दै ‘बरालिएका प्रधानमन्त्रीलाई बाँध्नका लागि आजै संघीय संसदको हिउँदै अधिवेशन बोलाउन माग गरौं ।’

थापाले संवैधानिक परिषद्को सदस्य समेत रहने प्रतिनिधिसभाको उपसभामुख पद विगत एक वर्षदेखि रिक्त रहेकोले उपसभामुखको चयन नभएसम्म हिउँदे अधिवेशन चल्न नदिने गरी दबाब दिन आग्रह गरेका छन् ।

संवैधानिक परिषद्को सदस्य हुने उपसभामुखको निर्वाचन हुँदा सत्तारुढ दल इत्तरको महिला सांसद उम्मेदवार हुनु पर्ने संवैधानिक बाध्यता छ ।

तर, कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गत मंसिर ५ गते ओलीसँग भेटी संवैधानिक विभिन्न पदमा भागबण्डा गर्ने गरी नियुक्तिको लागि सहमति भएको थियो ।

सरकारबिरुद्ध कांग्रेसले मंसिर २९ गते देशब्यापी विरोध कार्यक्रम तय भएपछि ओलीले संवैधानिक परिषद्को मंसिर २८ गते बैठक बोलाएका थिए । विरोध प्रदर्शनको अघिल्लो दिन प्रधानमन्त्रीले बोलाएको परिषद बैठकमा गएर नियुक्तिमा सहमति गराउनाले गलत सन्देश दिने भन्दै पार्टी भित्रबाट दबाब परेपछि बैठकमा गएनन् ।

मंगलबार बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भए पनि सभापति देउवा भने गएका थिए । देउवा परिषद्को बिहानको बैठकमा गएपछि प्रधानमन्त्री ओलीले उनकै सहमतिमा अध्यादेश जारी गरेको आशंका व्यक्त गरिएको छ ।

तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटमार्फत अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको नियत देखिएको भन्दै संसद चाँडो बोलाउन माग गर्दै सभापति देउवा मंगलबार साँझ बोलाइएको परिषद् बैठकमा नजाने भनेर जनाएका थिए ।

परिषद बैठकमार्फत रिक्त ४५ वटा संवैधानिक पदको पूर्ती गर्दा प्रमुख प्रतिपक्षी कांग्रेसको समेत सिफारिसमा एक दर्जन व्यक्तिले नियुक्ति पाउने विषयमा सहमति भएपछि देउवा परिषद् बैठकमा सजिलै जाने गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ पुष १, १७: २१

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ पुष १, १७: २१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ पुष १, १७: २१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...