प्रधानमन्त्रीको कार्यालयका सहित १० सहसचिवको सरुवा, को कहाँ पुगे ? – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

प्रधानमन्त्रीको कार्यालयका सहित १० सहसचिवको सरुवा, को कहाँ पुगे ?


नयाँ विकल्प,

काठमाडौं– मन्त्रिपरिषदको हालैको बैठकले नेपाल सरकारका १० जना सहसचिवको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै अर्थ मन्त्रालयका झक्क आचार्यलाई गृह मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव छबि रिजाललाई संचार तथा सूचना प्रविधि मन्त्रालयमा, महिला बालवालिका तथा ज्येठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

सहसचिव राजेश पौडेललाई श्रम तथा रोजगार मन्त्रालयबाट लोकसेवा आयोगमा, बद्री अधिकारीलाई राष्ट्रपतिको कार्यालयबाट श्रम मन्त्रालयमा, कमल भट्टराईलार्इृ कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट प्रदेश १ मा सरुवा गरिएको छ ।

यस्तै मधुसुदन बुर्लाकोटीलाई बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालयमा र नारायण भट्टराईलाई गृह मन्त्रालयबाट बागमती प्रदेशमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ पुष २, १३: ०६

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ पुष २, १३: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ पुष २, १३: ०६

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...