धान उत्पादनः स्याङ्जामा बढ्याे , लमजुङमा घट्याे – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

धान उत्पादनः स्याङ्जामा बढ्याे , लमजुङमा घट्याे

नयाँ विकल्प

पाेखरा- लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन । धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष समयमै पानी पर्दा र रोपाइँ समयमै सम्पन्न हुँदा धान उत्पादन जति वृद्धि हुनुपर्ने थियो हुन नसकेको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए । गत वर्षको तुलनामा भने धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । धान लगाइसकेपछि परेको पानी र सिँचाइको सविधा भएका ठाउँमा भने धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ ।

जिल्लाको सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले ३० रोपनी क्षेत्रफलमा उन्नत र हाइब्रिट धानखेती गरेर गत वर्ष ८० मुरी धान उत्पादन गरे । सोही क्षेत्रफलमा गत वर्षको तुलनामा यस वर्ष समयमै पानी परेकाले १०० मुरीभन्दा बढी धान उत्पादन हुने अनुमान उनको थियो । तर आवश्कताभन्दा बढी पानी परेकाले धानमा फुस्रो लाग्ने र युरिया मलको अभावका कारणले गर्दा गत वर्षको भन्दा घटेर ६५ मुरीमात्रै धान उत्पादन भएको किसान लामिछानेको भनाइ छ ।

सोही नगरपालिका–११ का बलबहादुर दुराले गत वर्ष २० रोपनी क्षेत्रफलमा ६० मुरी धान उत्पादन गरेका थिए । “यस वर्ष समयमै पानी परेकाले रोपाइँ पनि राम्रो नै भयो । धान उत्पादनमा समेत वृद्धि हुने अनुमान गरेको पनि गत वर्षको भन्दा पनि कम उत्पादन भयो”, उनले भने । उनका अनुसार यस वर्ष जम्मा ४० मुरीको हाराहारीमा धान उत्पादन भएको छ । सोही नगरपालिका–४ का कृष्णप्रसाद अधिकारीले ३० रोपनी क्षेत्रफलमा गत वर्ष ३० मुरी धान उत्पादन गरेको बताए ।

उनका अनुसार यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे पनि झन् घटेर २१ मुरी मात्र उत्पादन भएको छ । उनले भने, “यस वर्ष बढी पानी प¥यो, कुलो भत्कियो साथै य्ुरिया मलको अभावले गर्दा धान उत्पादन वृद्धि हुन सकेन । उनीहरुको मात्रै होइन जिल्लाका अधिकांश किसानले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरे पनि अपेक्षाअनुसारको धान वृद्धि हुन सकेन ।”

यस वर्ष १४ हजार २८० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ रेग्मीको भनाइ छ । उनले भने, “गत वर्षको तुलनामा जम्मा २७० मेट्रिक टन धान बढी उत्पादन भएको छ ।” गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

केन्द्रका अनुसार गत अघिल्लो आव २०७४÷७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आव २०७३÷७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७२÷७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।

जिल्लाका ठुल्ठूला फाँटहरु भोटेवडार, अलैचेफाँट, भोर्लेटार, चक्रतीर्थ, धमिलीकुवा, साइँलीटार, अल्काटारमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् । किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् ।

जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ । वालिङ– स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको हो ।

“धान उत्पादन वृद्धि हुनुको मुख्य कारण गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढ्नु हो”, उनले भने, “क्षेत्रफल बढ्नुको अलावा आधुनिक यन्त्र उपकरणको प्रयोग, उन्नत बीउको प्रयोग, मौसम अनुकूल हुनु र बन्दाबन्दीका कारण जनशक्ति पर्याप्त हुनुलगायतका कारणले उत्पादनमा वृद्धि भएको हो ।” विगतका वर्षमा धान रोप्न शुरु गर्ने समय र अन्त्य गर्ने समयको अन्तर धेरै हुने गरेकामा यस वर्ष समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् । यहाँ विशेषगरी रामधान, सावित्री, खुमल–४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ लगायतका उन्नत धान र स्थानीय जातहरुमा पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायतका धान लगाउने गरिएको छ ।

“उन्नत जातको धानखेतीसँगै स्थानीय जातका धान लोप हुन नदिनका लागि रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख अधिकारीले भने । रासस

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ पुष २, १३: ५६

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष २, १३: ५६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ पुष २, १३: ५६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...