नेकपा विवादः प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा छुट्टै भेला गर्दै – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नेकपा विवादः प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा छुट्टै भेला गर्दै


नयाँ विकल्प
काठमाडाैं- पार्टीभित्रकाे विवाद चरम उत्कर्षमा पुगेका बेला सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रदेश-१ को पार्टी भेला आयोजना गरेका छन्।

त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाईसमेत भेलामा बोलाइएको छ। आज अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएकाे छ । ओली पक्षले आफु निकट गुटकाे भेला विभिन्न फाउण्डेशनका नाममा भेला गरिरहेका छन्। प्रचण्ड-नेपाल समुहले पनि भावी रणनीति तय गर्न र पार्टीभित्र देखिएका चुनाैति काे सामना गर्ने बारे रणनीति तयार गर्न भेला आयाेगना गरिएकाे स्राेतकाे दावी छ । यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड-माधव नेपाल पक्षले गरिसकेको छ।


पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ । संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो। दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएपनि अध्यादेश औपचारीक रूपमा फिर्ता भएकाे छैन् ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष ३, ११: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ पुष ३, ११: १५

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ३, ११: १५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...