
नयाँ बिकल्प,
काठमाडौं – पत्रकार कनकमणी दीक्षितले लेख मार्फत आफ्नो मानहानी गरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाले दिएको निवेदन र सापकोटाबिरुद्ध ज्यान मुद्धाको सुनुवाई गर्न शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढे पनि ‘हेर्न नभ्याउने’ मा परेको छ ।
दुवै मुद्धालाई एकै ठाउँमा राखेर हेर्न भन्दै सर्वोच्च अदालतले शुक्रबारको लागि पेशी तोकेको थियो । काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै लामाकी श्रीमती पूर्णीमाया लामाले सभामुख सापकोटाबिरुद्ध मुद्धा दिएकी थिइन ।
प्रधानन्यायाधीश न्यायधीश राणसहित पाँच वरिष्ठ न्यायधीश सदस्य रहने संवैधानिक इजलासले सभामुख सापकोटाबिरुद्ध गरेको ज्यान मुद्धालाई आज पेशी चढाइएको थियो । संवैधानिक इजलासमा सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।
सापकोटाको मुद्दाको पेसी २०७६ फागुन १२ मा नै तोकिएको थियो । तर, वैशाख ५ गतेदेखि पेसीमा नचढेको सापकोटाको मुद्दामा एकाएक पेसी तोकिएको हो ।०६८ मा सापकोटाविरुद्ध ज्यान मुद्दा सर्वोच्चमा दर्ता भएको थियो ।
२०७२ भदौ २२ गते तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्की र न्यायाधीश ओमप्रकश मिश्रले संवैधानिक इजलासमा पेश गरी सुनुवाई गर्न आदे दिएको थियो । शुक्रबार सुनुवाइ नभएको सो मुद्धाको अर्को पेशी निश्चित गरिएको छैन ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...