राष्ट्रपतिलाई कांग्रेसको अपिल –‘संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्’ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

राष्ट्रपतिलाई कांग्रेसको अपिल –‘संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्’

नयाँ विकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न चालेको कदम असंवैधानिक र आवेगपूर्ण भएकोले सो सिफारिसलाई अस्वीकार गर्न अपिल गरेको छ ।

कांग्रेसका प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले आइतबार विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीसमक्ष अपिल गर्दै प्रधानमन्त्री ओलीको सिफारिसलाई अश्वीकार गरी संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्ह गरेका हुन् ।

प्रतिनिधि सभा विघटन गर्नेे कदम संविधानको अक्षर, मर्म र भावना विपरीत भएको ठहर गर्दै कांग्रेसले यसलाई राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्ने जनाएको छ ।

‘चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ’ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जित हारको द्वन्द आफैमा लज्जास्पद थियो र छ ।’

कांग्रेसले प्रतिनिधिसभाको विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा लिएको भन्दै त्यस्तो प्रयत्नलाई असफल बनाउने घोषणा गरेको छ ।

परिवर्तित विकसित घटनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन अहिले कांग्रेसका उपत्यकामा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकश्मिक बैठक सभापति शेरबहादुर देउवाको निवास वुढानिलकण्ठमा वसिरहेको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ पुष ५, १४: १२

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ पुष ५, १४: १२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ पुष ५, १४: १२

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...