
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राईलाई सिफारिस गरेको छ ।
संवैधानिक परिषद्को काम कर्तब्य, अधिकार र कार्यविधि सम्वन्धी ऐनमा संशोधन गरी परिषद्मा कायम रहेका बहुमत सदस्यको उपस्थितिलाई गणपुरक संख्या मान्नु पर्ने प्रावधान राखेर अध्यादेश ल्याएपछि राईलाई पहिलो पटक संवैधानिक अंगको प्रमुखमा नियुक्तिको सिफारिस गरिएको हो ।
परिषद् सदस्य सभामुख अग्नीप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा मंसिर ३० गते साँझ बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
आइतबार संघीय संसदको संसदीय सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको स्रोतको भनाई छ ।
अख्तियारमा दुई जना सदस्य डा. गणेशराज जोशी र सावित्री थापा गुरुङ रहेका छन् । जोशी कार्यवाहक प्रमुख आयुक्त हुन् । जोशी र थापाभन्दा माथि जुनियर राईलाई प्रमुख आयुक्तमा नियुक्त गरेपछि उनीहरुलाई नैतिकताको आधारमा पद त्याग गर्न बाध्य पारिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी निकठ राईलाई केपी शर्मा ओली सरकारको नेतृत्वमा आउनासाथ महत्वपूर्ण जिम्मेवारी दिँदै आइएको थियो । राई केही समय अख्तियारकै सचिव र लामो समय गृह मन्त्रालयको सचिवको रुपमा जिम्मेवारी लिँदै आएका थिए ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...