प्रधानमन्त्रीको कदम अलकायदाको जस्तै आत्मघाती –झाँक्री – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

प्रधानमन्त्रीको कदम अलकायदाको जस्तै आत्मघाती –झाँक्री


नयाँ विकल्प,

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधाजनक बहुमत हुँदा समेत प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेर अलकायदाको जस्तै आत्मघाती कदम चालेको बताएकी छन् ।

‘आफ्नो सर्वस्व गुमाएर राजनीतिमा दाउपेच ल्याउनु भनेको आत्मघाती हमला जस्तो हो । त्यसकारण प्रधानमन्त्रीले आफ्नो ५ वर्षको सुविधाजनक बहुमत भएको संसद विघटन गरेर जोखिम मोल्नुभयो’, झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा भनेकी छन् ।

उनले सो कदमलाई अलकायदाको जस्तो एक प्रकारको आत्मघाती प्रहार भनी टिप्पणी गरेकी छन् । राजनीतिमा दाउपेच गर्नुको मतलब पीठो पनि डालो पनि जलाउने नभएको उनको तर्क छ ।

उनले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै राजनैतिक बेइमानीपूर्ण रहेको, अनैतिक भएको, जनमतको उपहास गरेको र जनताको जनमतको एक हिसाबले अपमान गरेको आरोप लगाएकी छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ पुष ५, १६: २४

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ पुष ५, १६: २४

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ पुष ५, १६: २४

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...