काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

नयाँ विकल्प

काठमाडाैं- नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ ।

पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ वर्ष अघिसम्म लागुऔषधका दुव्यर्सनीको अखडाजस्तै थियो । त्यसबेला यहाँ देवकोटाको अर्धकदको शालिक थियो ।

असामाजिक तत्वले शालिक पटकपटक तोडफोड गरेका थिए । स्थानीय युवाले पार्कको महत्व बुझेर स्याहारसम्भार गर्दै जाँदा अहिले देवकोटा पार्क पर्यटक लोभ्याउने स्थलको रूपमा विकसित भएको हो । कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको पार्क तिहारको लक्ष्मीपूजाको दिनदेखि खुलेको थियो । विभिन्न मनमोहक फूल र वृक्षले भरिभराउ पार्कमा बालबालिकालाई पिङ, चिप्लेटी, ढिकीच्याउँ, मिनी रेललगायतका खेल्ने सामान राखिएको छ ।

बाल उद्यानका कारण दैनिक १०० को हाराहारीमा बालबालिका नै अभिभावकसहित आउने गरेका छन् । पार्कको संरक्षण र सौन्दर्य अभिवृद्धिका लागि स्थानीय युवा बालकृष्ण थापाले युवा स्वयंसेवकको अगुवाइ गरिरहेका छन् । पार्कको सरसफाइ, बगैँचाको गोडमेल, फूलको रोपणजस्ता काममा युवा स्वयंसेवक नियमित खट्छन् । युवाको लगनशीलता देखेर स्थानीय नगरपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले पार्कलाई व्यवस्थित तुल्याउन आर्थिक सहयोग गर्न थालेका छन् ।

देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव फणीन्द्र घिमिरेले आर्थिक सहयोग जुटेपछि शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालय, वाइफाइ, बिजुली, खानीपानीसमेतको व्यवस्था गरिएको बताए ।

उनले युवाले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा निर्माण गरिएको पुस्तकालय र कफी सेन्टर चाँडै उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो । पार्क व्यवस्थापनका लागि प्रदेश नम्बर १ को सरकारले रु एक लाख, मेचीनगर नगरपालिकाले रु १४ लाख, वडा नम्बर ६ ले रु तीन लाख, नेपाल पर्यटन बोर्डले रु सात लाख आर्थिक सहयोग गरेको देवकोटा निर्माण व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताए । “कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको पार्कको विकास गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ”।, उनले भने ,

“देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी स्वेच्छिक सहयोगसमेत गरेका छौँ ।” कोभिड कहरकै अवधिमा काँकडभिट्टासम्म एशियाली राजमार्गको छ लेनको फराकिलो सडक निर्माण भइसकेको छ भने मेचीमा चार लेनको नयाँ पुल बनेको छ । निकट भविष्यमा नाका खुला भएपछि पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट भित्रिने पर्यटकको पहिलो नजर देवकोटा पार्कमा पुग्ने मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बिना तामाङले बताए । व्यवस्थापन समितिले पार्कमा खेल्न आउने १२ वर्षमुनिका बालबालिकाका लागि रु १० टिकटको व्यवस्था गरेको छ । बालबालिकाले टिकट लिएपछि अभिभावकलाई हेरचाहमा प्रवेश निःशुल्क गरिएको छ । कोरोनाका कारण विद्यालय बन्द रहेकाले दैनिक १०० भन्दा बढी बालबालिका पार्कमा खेल्न घुम्नका लागि आउने गरेको अध्यक्ष थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ पुष ६, १४: २६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ पुष ६, १४: २६

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ पुष ६, १४: २६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...