किसानलाई पाडी, भैंसी र सुत्केरीलाइ भत्ता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

किसानलाई पाडी, भैंसी र सुत्केरीलाइ भत्ता

नयाँ विकल्प

सिन्धुपाञ्चाेक – सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेका छन् ।

कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो । पनौती नगरपालिका–१२ का किसानलाई भैंँसीको पाडी वितरण गरिएको छ । गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले यस वर्ष लक्षित किसान कार्यक्रमअन्तर्गत पनौती–१२ भूमेडाँडाका अति विपन्न २८ किसान परिवारलाई पाडी वितरण गरेको नगरपालिका कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।

वडाको सिफारिसका आधारमा नगरपालिका पशुपक्षी शाखाले सो वितरण गरेको हो । नगरपालिकाबाट पाडी प्राप्त गर्ने किसानका लागि रु दुई लाख बराबरको दुर्घटना बीमा र पाडीको बीमा गरिएको छ । त्यसरी पाडी पाएका किसानलाई प्राविधिक जानकारीसहित एक दिने अभिमुखिकरण तालीम दिने जनाइएको छ ।

आर्थिक समृद्धि तथा किसानको जीवनयापनमा टेवा पु¥याउन सजिलो माध्यम भैँसीको पाडी भएकाले यस वर्ष उपहारस्वरुप पाडी वितरण गरेको नगर प्रमुख भीम न्यौपानेले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ लाई भैँसी प्रवद्र्धन कार्यक्रम आधार वर्षका रुपमा लिएको छ । शाखाले गरेको अध्ययनका क्रममा लैनो भैँसी खरीदका लागि नगरपालिकाभित्रका किसानले वर्षेनी रु तीन करोडभन्दा बढी रकम बाहिर पठाउने गरेको पाइएपछि यो कार्यक्रम शुरु गरिएको जनाएको छ ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ‘किसानसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गर्न थालिएको छ । वडा नं ६ र ८ मा भैँसी सुत्केरी भत्ता वितरण गरिएको छ । सो क्रममा वडा नं ६ का ८० किसानलाई भत्ता वितरण गरिएको छ । सुत्केरी भएपछि प्रत्येक भैँसीले रु एक हजार ५०० का दरले भत्ता पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

त्यस्तै वडा नं ८ का ३४ भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिएको वडाध्यक्ष धनबहादुर तामाङले बताउनुभयो । यसअघि वडा नं ५ का १८० किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ । त्यससँगै गाउँपालिकाले भैँसीपालक किसान घुम्ती कोषसमेत स्थापना गरिएको हो । वडा नं ८ का किसानका लागि भैँसी किन्न सहयोग पु¥याउने उद्देश्यले भैसीपालक किसान घुम्ती कोष स्थापना गरेको हो ।

वडाध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७४÷७५ मै वडाले रु पाँच लाखको उक्त कोष खडा गरेको र उक्त कोषमार्फत सो वडाका भैँसीपालक किसानले छदेखि आठ महिनाका लागि भैँसी खरिद गर्न आधा रकमबिना ब्याज ऋण पाउने भएका छन् । त्यसरी खरिद गर्ने किसानलाई कोषबाटै भैँसीको रु एक लाख बराबर निःशुल्क बीमाको समेत व्यवस्था गरिएको छ । वडा कार्यालयका अनुसार १३ भैँसीपालक किसान घुम्ती कोषबाट लाभान्वित भएका छन् ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ पुष ६, १४: ४१

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ पुष ६, १४: ४१

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ पुष ६, १४: ४१

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...