गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम

नयाँ विकल्प

काठमाडाैं- गोकर्णेश्वर नगरपालिका र काठमाडौँ युनेस्कोको संयुक्त आयोजनामा नगर क्षेत्रका युवालाई स्वरोजगारमूलक तालीम दिइएको छ ।

गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको तालीममा मोबाइल मर्मतमा १८ र फर्निचरका सामग्री निर्माणमा १२ जना सहभागी भएका थिए । तीनमहिने तालीम लिएका प्रशिक्षार्थी स्वरोजगार बन्नसक्ने प्रमाणपत्र वितरण समारोहमा जानकारी दिइयो । प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पहिलो चरणमा प्रारम्भिक प्रशिक्षण लिएकालाई पुनर्ताजगी तालीमसमेत दिएर आत्मनिर्भर बनाइने प्रतिबद्धता जनाए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव बाबुराम अधिकारी, यज्ञडोल (जगडोल) सामुदायिक वन सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल, प्रशिक्षक डा सुमित अधिकारी लगायतले युवालाई स्वरोजगार दिनसके विदेश पलायन नहुने भएकाले यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कोरोना भाइरसको महामारीका बेला तालीममा सहभागी भएको भन्दै युनेस्को काठमाडौँले चामल, दाल, तेल, नून, साबुनलगायत सामग्री राहतस्वरुप हस्तान्तरण गरेको थियो । फर्निचरका प्रशिक्षार्थीले सामुदायिक वन समूहलाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको दुई वटा यन्त्र उपयोग गरी काम गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।

सम्बन्धित समाचार

डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल
  • २०७७ पुष ६, १५: ४७

काठमाडौँ : डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएको छ । नेपालगन्जबाट डोल्पाका...

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ पुष ६, १५: ४७

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ पुष ६, १५: ४७

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...