हेल्प पर ह्याप्पीनेस संस्थाद्धारा चेपाङ बालबालिकालाई कपडा वितरण – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

हेल्प पर ह्याप्पीनेस संस्थाद्धारा चेपाङ बालबालिकालाई कपडा वितरण

नयाँ विकल्प

चितवन -हेल्प पर ह्याप्पीनेस संस्थाद्धारा परुई चेपाङबस्तीका बिपन्न ७१ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरेकाे छ ।

माडी नगरपालिका वडा नं ७ का रहेका चेपाङ समुदायका १६ बर्ष मुनिका ७१ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएकाे छ । सामाजीक सेवामा सक्रिय रहेकाे साे संस्थाको आयोजनामा औपचारिक कार्यक्रमका बिच परुई खोला किनारमा बसोबास गर्दै आइरहेका चेपाङबस्तीका बिपन्न ७१ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरीएको हाे ।

संस्थाले बिपन्न चेपाङ समुदायका बालबालिकाहरु जाडोयाममा चिसोबाट प्रभावित हुन सक्ने भन्दै संस्थाले न्यानो कपडा वितरणको कार्यक्रम गरेको जनाइएको छ । संस्थाका अध्यक्ष नबिन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतित्थ रहेको थियो ।

माडी नगरपालिका वडा नं ७ वडाध्यक्ष बालकृष्ण सापकोटा बिशिष्ट अतिथि रहेकाे साे कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरी मानविय कार्यमा जुटेकोमा संस्था र सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । जाडोमा कठ्याङग्रीएर बस्नुपर्ने बाध्यतामा रहेका बिपन्न चेपाङ समुदायका परिवारका बालबालिकाहरु संस्थाले वितरण गरेकाे कपडाबाट लाभान्वित भएका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ६, १६: ०२

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ पुष ६, १६: ०२

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ पुष ६, १६: ०२

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...