
नयाँ विकल्प,
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
मंगलबार विहान बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर परराष्ट्र मन्त्री समेत रहेका प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै ओली पक्षको बैठकले महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र पछि बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले शपथग्रहण समेत गराइसकेका छन् । ५ सय ५६ जना केन्द्रीय सदस्यहरुको नामावली भने प्रकाशित गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...