मध्यावधि निर्वाचनमा ५० लाख लोकप्रीय मत पाउने ओलीको दाबी – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

मध्यावधि निर्वाचनमा ५० लाख लोकप्रीय मत पाउने ओलीको दाबी


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने मध्यावधि निर्वाचनमा आफू नेतृत्वको पार्टीले ५० लाख बढी लोकप्रीय मत पाउने दाबी गरेका छन् ।

आफूपक्षीय केन्द्रीय सदस्यहरुको मगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित भेलामा ओलीले आफूहरु चुनावका लागि तयार भएको भन्दै चुनावमा कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउने दाबी गरे ।

ओलीले आगामी २०७८ साल मंसिर २ गते नेकपाको महाधिवशेन गर्ने निर्णय समेत गरेको छ ।
भेलाले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा समेत गरे ।

कपामा हाल ४ सय ४७ केन्द्रीय समिति सदस्य छन् । तर ओली पक्षको भेलाले ५ सय ४७ सदस्य थप गरेको छ भने एक सय ९६ जना सदस्य पछि थप्ने निर्णय गरीसकेको छ ।

मंगलबारको बैठकबाट महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई अध्यक्ष ओलीले सपथ गराएका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेृपछि राष्ट्रपतिले स्वीकार गरेकी थिइन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय सोमबार नै गरेको थियो ।

उक्त समुहको केन्द्रीय समिति बैठक दिउँसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गरेका हुन् ।

महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशील, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको दाबी गरे ।

अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितिले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पनि बताए । ओलीले भने ‘पुरानो केन्द्रीय कमिटीले राष्ट्रिय राजनीति र पार्टीभित्र समेत बाह्य घुसपैठ र हस्तक्षेप रोक्नसमेत असफल भए । राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न सकेन । यसर्थ त्यो अभिभारा पुरा गर्न थप गर्नुपरेको हो ।’

प्रचण्ड­–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकाले पार्टीले गति लिन नसकेको बताए ।

ओलीले अर्का अध्यक्ष प्रचण्ड र नेता नेपाललाई संकेत गर्दै भने ‘उहाँहरु भत्काउने कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यही प्रकारको खेती गर्नुभएको छ । त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिना भित्र महाधिवेसन गरिसक्ने छौं ।’

यसैबीच नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्याएको छ । ‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’

ती आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ । यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ पुष ७, १५: ३४

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ पुष ७, १५: ३४

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ पुष ७, १५: ३४

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...