संसद विघटन खारेजीको माग गर्दै सत्तारुढ नेकपाका सांसदले दिए सर्वोच्चमा रिट – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

संसद विघटन खारेजीको माग गर्दै सत्तारुढ नेकपाका सांसदले दिए सर्वोच्चमा रिट


नयाँ विकल्प,

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको निर्णयलाई खारेज गर्नु पर्ने माग गर्दै सत्तारुढ नेकपाका चार सांसदले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

उनीहरुले संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ९० जना सांसदले दायर गर्ने भनिएको रिट जम्मा ४ सांसदले दायर गरेका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेको अधिवक्ता गोविन्द शर्मा बन्दीले बताए ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो । तर सबैको नागरिकता लगायतका आवश्यक कागजात संकलन गर्न समय लाग्ने भएकाले चार जनाले मात्र रिट दिएको जनाइएको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ पुष ७, १६: ०४

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ पुष ७, १६: ०४

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ पुष ७, १६: ०४

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...