केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै ओली समूह – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै ओली समूह


नयाँ विकल्प
काठमाडाैं-हिजाे मंगलबार नेपाल कम्युनिष्ट पार्टीको केपी शर्मा ओली समूहले मंगलबार बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ। बुधबार राजधानीका विभिन्न स्थानमा ७ वटै प्रदेशका प्रशिक्षण कार्यक्रम हुनेछन्।

विभिन्न नेताहरूले ती कार्यक्रममा प्रशिक्षण दिने छन्।ज्ञवालीका अनुसार कार्यगत प्रशिक्षण दिन विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाली प्रदेशमा शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटाले प्रशिक्षण दिने छन्।

त्यस्तै गण्डकी प्रदेशमा टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल, वागमती प्रदेशमा ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिने छन्। प्रदेश नं २ बाट केन्द्रीय सदस्य बनेकाहरूलाई प्रशिक्षण दिन ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताेलाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने छन्।

यसअघि मंगलबार प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थपेका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले भने एक तिहाइ केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य थप्न नसक्ने बताएका छन्।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ पुष ८, ११: ३३

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ पुष ८, ११: ३३

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ पुष ८, ११: ३३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...