प्रचण्ड बने नेकपा संसदीय दलको नेता – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

प्रचण्ड बने नेकपा संसदीय दलको नेता


नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरको ल्होत्से हलमा बुधबार दिउँसो बसेको नेकपाका बहुमत प्रतिनिधि सभाका सदस्यहरुको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

मंगलबार नेकपाका बहुमत केन्द्रीय सदस्यहरुको भेलाबाट अध्यक्षमा चयन भएका दाहाललाई अर्का अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका थिए ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो । बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।

यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।

यसले अब वैधानिक रुपमै ओलीलाई प्रधानमन्त्रीका रुपमा नैतिक रुपमा संकट उत्पन्न भएको छ । यद्यपी संसद विघटन भएर निर्वाचन आयोगले कुन पक्ष वैधानिक भन्ने छिनोफानो गरिनसकेकाले यसको टुंगो लाग्न बाँकी छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ पुष ८, १५: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ८, १५: २१

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ पुष ८, १५: २१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...