उपल्लो मुस्ताङमा पिपिआर रोगबाट पाँच सय च्याङ्ग्रा मरे – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

उपल्लो मुस्ताङमा पिपिआर रोगबाट पाँच सय च्याङ्ग्रा मरे

नयाँ विकल्प

मुस्ताङ- उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पिपिआर रोगबाट ५०० भन्दा बढी च्याङग्रा मरेका छन् ।

लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङ्ग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुसुमले दुईवटा पालिकामा ५०० भन्दा बढी च्याङ्ग्रा मरेका जानकारी दिए । “कात्तिकको दोस्रो हप्तादेखि महामारीका रुपमा फैलिएको पिपिआरले ठूलो क्षति पु¥याएको छ,” उनले भने , “कृषकबाट ७०० को सङ्ख्यामा च्याङ्ग्रा मरेको जानकारी आए पनि स्थलगत अध्ययन र निरीक्षणका क्रममा ५०० भन्दा बढी मरेको पाइयो ।”

उनका अनुसार मरेका च्याङ्ग्राको स्वाब प्रयोगशालामा परीक्षण गर्दा पिपिआर रोग भएको पुष्टि भएको छ । समयमै सूचना नआउँदा रोग नियन्त्रणमा ढिलाइ भएको कुसुमले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मत्स्य तथा पशुपक्षी विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका तीनजना पशु चिकित्सकसहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेर फर्किएका छन् ।

बुधबार बेनी फर्किएको टोलीले स्थानीय तह र पशु सेवा शाखासँग समन्वय गरेर भेडाच्याङ्ग्रालाई पिपिआर रोगविरुद्ध खोप लगाएको जनाएको छ । बिरामी भेडाच्याङ्ग्राको उपचारका साथै कृषकलाई पिपिआर रोग न्यूनीकरणका उपायबारे गोठमै पुगेर परामर्श दिइएको थियो । लोमान्थाङमा फैलिएको पिपिआर नियन्त्रणमा आइसकेको केन्द्रका प्रमुख कुसुमले बताए । दामोदरकुण्ड लोघेकरमा नियन्त्रण उन्मुख अवस्थामा छ ।

औषधि र खोपको व्यवस्थापन गरेर टोली फर्किएको हो । दशैँलगत्तै फैलिएको पिपिआरबाट अधिकांश कृषकले क्षति व्यहोरेका समजुङका कृषक पासाङ छिरिङले बताए। “पाठापाठीदेखि वयस्कसम्म सबै उमेर समूहका धेरैजसो कृषकले पालेका च्याङ्ग्रा मरेका छन्”, उनले भने , “एउटै च्याङ्ग्रा मर्दा रु २५ हजारको हाराहारीमा क्षति पुग्छ ।” ५०० च्याङ्ग्रा मर्दा रु एक करोड २५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । दशैँ, तिहार पर्वमा मुस्ताङका कृषकले पालेका च्याङ्ग्रा कास्की, काठमाडाैं, चितवन, म्याग्दी, बागलुङ, स्याङ्जा, तनहुँ, पर्वतलगायत जिल्लामा निकासी हुने गर्छ ।

हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्याङ्ग्राको मासु स्वास्थ्यवद्र्धक र स्वादिलो हुने भएकाले दशैं तिहारमा महँगो परे पनि भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख सुधीर थापाका अनुसार गत दशैँतिहारको याममा मुस्ताङका कृषकले पालेका छ हजार च्याङ्ग्रा निकासी भएको थियो ।

“विगतका वर्षमा २५ देखि ३० हजार च्याङ्ग्रा निकासी हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यसपालि कोरोनाका कारण तिब्बत र अन्य जिल्लाबाट नआएकाले मुस्ताङका कृषकले पालेका मात्र निकासी भएको थियो ।”

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ पुष ८, १६: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ८, १६: ४१

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ पुष ८, १६: ४१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...