प्रदेश नं १ मा गहुँका लागि पर्याप्त मल भित्रियाे – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

प्रदेश नं १ मा गहुँका लागि पर्याप्त मल भित्रियाे

नयाँ विकल्प

विराटनगर- गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ ।

कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक टन डिएपी मल र एक हजार ३८८ मेट्रिक टन पोटास मौज्दात छ । केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नवरत्न गौतमले बताए । यस वर्ष पहाडी जिल्ला ओखलढुङ्गामा पनि सेवा विस्तार गर्नुपर्ने भएकाले लहान कार्यालयबाट मल उपलब्ध गराइने जनाइएको छ ।

कार्यालयले पूर्वी क्षेत्रमा सुनसरीको इटहरी, धनकुटा, इलाम, झापाको बिर्तामोड र उदयपुरको गाईघाटबाट किसानलाई मल उलब्ध गराइरहेको छ । यसैगरी साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगरमा अहिले चार हजार ३५० मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी मौज्दात रहेको लिमिटेडका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनले निकट भविष्यमै पाँच हजार मेट्रिक टन डिएपी, दुई हजार ५०० मेट्रिक टन पोटास र सात हजार मेट्रिक टन युरिया आउने निश्चित रहेकाले कुनै पनि किसानले गहुँमा मल हाल्न पाइन भन्ने अवस्था नरहने ठोकुवा गरे ।

गहुँलाई चाहिने मल पर्याप्त रहेको तथा अहिलेको मौज्दात तथा मल आउने क्रम जारी रहेकाले केही समयपछि यस क्षेत्रमा लगाइने गर्मा धानका लागि पनि पाइने प्रमुख चौधरीले जानकारी दिए । अहिले ५० केजी युरिया मलको मूल्य रु ७५० र ५० केजी डिएपी मलको मूल्य रु दुई हजार २०० छ । सरकारको मातहतका कार्यालयबाट वितरण हुने मलले नै किसानको खेतबारीलाई राम्रो गर्ने भएकाले भारतबाट गुणस्तरहीन मल ल्याउन नहुने कृषिविज्ञ बताउँछन् ।

यस वर्ष समयमै रासायनिक मल किसानले पर्याप्त मात्रामा नपाएकाले भारतबाट अवैध रुपमा भित्र्याइएको छ । यसबाट किसानको खेत पनि बिग्रिने र बालीमा रोग र कीराको प्रकोप बढ्ने चेतावनी दिइएको छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ पुष ८, १६: ४५

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ पुष ८, १६: ४५

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ पुष ८, १६: ४५

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...