नेकपा प्रचण्ड–माधव समूहको महासचिवमा सुरेन्द्र पाण्डे – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

नेकपा प्रचण्ड–माधव समूहको महासचिवमा सुरेन्द्र पाण्डे


नयाँ विकल्प,

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन् ।

प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको बिहीबार बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भएको छ ।

महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए । तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको स्रोतले बतायो । रावल पूर्वएमाले हुन भने शर्मा पूर्वमाओवादी हुन् । रावल र शर्मा दुवै पूर्वगृहमन्त्री हुन् ।

पाण्डे तत्कालीन नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए । तर, तत्कालिन नेकपा एमाले र माओवादीको एकीकरणपछि एमालेको उपमहासचिव रहेका विष्णु पौडेललाई महासचिव बनाइएको थियो ।

प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने पौडल नै छन् । प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ पुष ९, १२: १६

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष ९, १२: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ पुष ९, १२: १६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...