चिनियाँ राजदूत यान्छीले किन भेटिन नेकपा अध्यक्ष प्रचण्डलाई ? – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

चिनियाँ राजदूत यान्छीले किन भेटिन नेकपा अध्यक्ष प्रचण्डलाई ?


नयाँ बिकल्प,

काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार बिहान खुमलटारमा भेट गरेकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि प्रचण्डले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी पेश गरेको राजनीतिक प्रस्तावसँगै चुलिएको दुई नेताबीचको तनाव मत्थर गर्न दौडधुप गरेकी थिइन् ।

नेकपाको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने बताउँदै आए पनि पटक –पटक नेकपामा विवाद हुँदा चिनियाँ राजदूतले केपी ओली, प्रचण्ड र माधव नेपालसँँग भेट्ने गरेकी छन् ।

राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन् । चिनियाँ राजदूतले नेपालका उच्च अधिकारीसँग बारम्बार भेट गर्ने गरे पनि त्यसको विषय भने गोप्य राख्ने गरिएको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ पुष ९, १२: ४६

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष ९, १२: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ पुष ९, १२: ४६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...