प्रभु लाइफको आइपीओ भाेली शुक्रबार बाँडफाँट गरिने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

प्रभु लाइफको आइपीओ भाेली शुक्रबार बाँडफाँट गरिने


नयाँ विकल्प

काठमाडौं- प्रभु लाइफको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबारसम्म आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यद्दपी, अझै धेरै काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यता, प्रभुको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ ।

गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.४२ गुणा बढी हो । प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ पुष ९, १२: ५०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ९, १२: ५०

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ पुष ९, १२: ५०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...