जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी


नयाँ विकल्प

जनकपुर- जनकपुरधामको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । बिहीबार बिहान साढे १० बजेदेखि लागेकाे आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । जनकपुरधामको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट आगलागी सुरु भएको थियो ।

आगलागीबाट पहिलो तल्ला र दोस्रो तलामा भएका पसलका सामान जलेर पूणरुपमा नष्ट भएको छ । आगो निभाउन जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ ।

क्षतिको विवरण आउन बाँकी छ । मिथिला डिपार्टमेन्ट स्टोर जनकपुरका पुरानो डिपार्टमेन्ट स्टोर हो । जनकपुरधाम उपमहानगरपालिकको वारुण यन्त्र खराब भएपछि अन्य नगरपालिकाका वारुण यन्त्र जनकपुर ल्याएर आगो निधाउने प्रयास गरिएको बस्नेतले बताए ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ पुष ९, १३: ०५

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ पुष ९, १३: ०५

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ पुष ९, १३: ०५

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...